काठमाण्डू, २५ पुस– अर्जेन्टिनाका कप्तान एवं विश्व चर्चित फुटबल स्टार लियोनल मेसीको आगामी २०२६ फिफा विश्वकप अर्जेन्टिनाका लागि उनको अन्तिम प्रतियोगिता हुने अपेक्षा गरिएको छ ।
यसपल्ट अर्जेन्टिना विश्वकपको उपाधि र रक्षा गर्ने लक्ष्यमा छ तर यस आगामी विश्वकपमा अर्जेन्टिनाका ३८ वर्षीय कप्तान मेसीले खेल्ने या नखेल्ने अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।
अहिलेसम्म यस प्रतियोगितामा भाग लिने बारेमा पुष्टि भएको छैन । मेसीले २०२५ को सिजन इन्टर मियामीको लागि अतुलनीय प्रदर्शन गरेका थिए । उनले एमएलएस गोल्डन बुट (२८ खेलमा २९ गोल र १९ असिस्ट) जितेका थिए। उनले तीन वर्षे अनुबन्ध विस्तार पनि गरेका थिए, जसले गर्दा उनी २०२८ सम्म क्लबमा रहनेछन् ।
त्यस बेला उनी ४१ वर्षका हुनेछन्। उनले मियामीलाई २०२५ एमएलएस कप उपाधि जिताउन पनि मद्दत गरेका थिए, जुन टिमको पहिलो लिग उपाधि हो ।
फाइनलमा उनले दुई सहायता गरेका थिए र एमएलएस कप एमभिपी घोषित भएका थिए । यससँगै उनी लिगको इतिहासमा लगातार दुई वर्ष यो पुरस्कार जित्ने पहिलो खेलाडी बन्न सफल भएका थिए ।
हालसालै, लुजु टिभीसँगको अन्तर्वार्तामा उनले संन्यास योजनाको बारेमा खुलाए र उनी प्रशिक्षक बन्ने छैनन् भनेर पुष्टि गरे । ‘म आफूलाई प्रशिक्षकको रूपमा देख्दिनँ,’ उनले भने ।
उनले थपे, ‘म प्रबन्धक बन्ने विचारलाई मन पराउँछु, तर म मालिक बन्न रुचाउँछु । म आफ्नै क्लब स्थापना गरेर तलबाट सुरु गरेर विकास गर्न चाहन्छु ।
युवाहरूलाई विकास गर्ने र केही महत्त्वपूर्ण यपलब्धि हासिल गर्ने अवसर दिन सक्ने बन्न चाहन्छु। यदि मैले छनोट गर्नुपर्यो भने, त्यो नै मलाई सबैभन्दा आकर्षक लाग्छ ।’