फुटबलर मेसी भारतमा, कोलकाता एयरपोर्टमा देखियो समर्थकको भीड

काठमाण्डु टुडे २०८२ मंसिर २७ गते १०:२८ मा प्रकाशित

काठमाण्डू, २७ मंसिर– अर्जेन्टिनाका फुटबलर स्टार लियोनल मेसी शनिबार बिहान भारतको कोलकातामा आइपुगेका छन । उनीसँगै फुटबलर लुइस सुआरेज र रोड्रिगो डी पाल पनि आएका छन् ।

मेसी जीओएटी इन्डिया टुर–२०२५ अख्न्तर्गत कोलकाता पुगेका हुन् । यस दौरान कोलकाता एयरपोर्टमा मेसीको एक झलक पाउनका लागि हजारौं फ्यान पुगेका थिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार मेसीको स्वागतका लागि हजारौं फ्यानहरू गएरातिदेखि नै कुरेर बसेका थिए । मेसी सवार विमान शनिबार बिहान २ बजेर २६ मिनेट जाँदा (भारतीय समयअनुसार) कोलकातामा अवतरण भएको थियो ।

जीओएटी इन्डिया टुर–२०२५ अन्तगर्त मेसी तीन दिन भारत बसाइँमा हुने छन् । यस दौरान उनी भारतका चार शहरको भ्रमणमा निस्कने बीबीसीले जनाएको छ । मैत्रीपूर्ण फुटबल खेल्ने, प्रधानमन्त्री मोदी, शाहरुख खान लगायतलाई भेट्ने भएका छन । १४ वर्षपछि उनी भारत आएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us