सेल्टा भिगोसँग रियल मड्रिडको हार

काठमाण्डु टुडे २०८२ मंसिर २२ गते १०:१७ मा प्रकाशित

काठमाण्डू, २२ मंसिर– स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा सेल्टा भिगोले २–० गोल अन्तरले रियल मड्रिड पराजित भएको छ ।

घरेलु मैदानमा सेल्टा भिगोको जितमा दुवै गोल विलियट स्वेडबर्गले गरे । उनले खेलको ५४ औं मिनेटमा पहिलो गोल गरेका थिए भने इन्जुरी समयको तेस्रो मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए ।

त्यसअघि ६४औं मिनेटमा फ्रान गार्सियाले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो । इन्जुरी समयमा अल्भारो कारेरासले पनि रातो कार्ड पाएका थिए ।

यो हारसँगै रियलले बार्सिलोनासँग अंकदूरी घटाउने अवसर गुमाएको छ र अब दुईबीच ४ अंकको फरक छ । रियल १६ खेलबाट ३६ अंकमै सीमित हुँदा शीर्षस्थानको बार्सिलोनाको ४० अंक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us