चितवनले टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाण्डु टुडे २०८२ मंसिर २० गते १५:३७ मा प्रकाशित

काठमाण्डू, २० मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै पोखरा एभेन्जर्सलाई बलिङको निम्तो दिएका हुन् ।

दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । यस्तोमा यो खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । दुवै टोलीको ६ खेलमा चाररचार अंक रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us