काठमाण्डू, २० मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा विराटनगर किङ्सले पहिले बलिङ गर्ने भएको छ ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ सुरु गरेको छ । दुवै टोली प्लेअफमा पुगिसकेका छन् ।
विराटनगर किङ्सलाई शीर्ष २ मा पर्नका लागि राम्रो अन्तरको जित निकाल्न आवाश्यक छ । सुदूरपश्चिम भने पराजित भए पनि शीर्ष स्थानमै रहने पक्का छ ।