एनपीएलः जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

काठमाण्डु टुडे २०८२ मंसिर १९ गते १८:१२ मा प्रकाशित

काठमाण्डू, १९ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ । काठमाण्डूको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डिफेण्डिङ च्याम्पियन जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाउन सफल भएको हो ।

जनकपुरका लागि संगीथ कुरले ३८ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाउन सफल भए । यस्तै मयन यादवले २३ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित २७ रन योगदान गरे ।

८३ रनमा ६ विकेट गुमाएको जनकपुरका लागि संगिथ कुरे र मयन यादवले अविजित ४९ रनको साझेदारी गरे ।ओपनर आसिफ शेखले १७ बलमा २ चौका र १ छक्का प्रहार गरी २० रन बनाए । सञ्जय कृष्णमुर्तीले १४ र शुभ कंसाकारले ११ रन जोडे ।

 

अनिल शाह ७ र माज सदाकत ६ रनमा आउट भए । बलिङमा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले २९२ विकेट लिए । शेरले ४ ओभरमा २० र रोहितले २ ओभरमा १६ रन खर्चिए । यस्तै जेज स्मिथ र रुबेन ट्रम्पल्मयानले समान १ विकेट लिन सफल भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us