लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्दै

काठमाण्डु टुडे २०८२ मंसिर १३ गते ११:४४ मा प्रकाशित

काठमाण्डू, १३ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

यससँगै पोखरा एभेन्जर्सले ब्याटिङ गर्दैछ । सुरुवाती दुई खेलमा पराजित भएको पोखराले पछिल्लो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा फर्केको संकेत गरेको छ ।

लुम्बिनीले भने पहिलो खेल जितेपछि लगातार तीन खेलमा हार बेहोरिसकेको छ । त्यसैले आजको खेलमा त्यो हारको यात्रा ब्रेक गर्न चाहन्छ । लुम्बिनी र पोखराको समान २ अंक छ । तर, लुम्बिनीले चार खेल खेलिसक्दा पोखराले ३ खेल मात्र खेलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us