काठमाण्डू, ११ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ ।
सदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ रोजेपछि लुम्बिनी लायन्सले ब्याटिङ सुरु गरेको छ । आज लुम्बिनी लायन्सले एक परिवर्तन गरेको छ ।
विदेशी खेलाडी जेजे स्मिथको स्थानमा लुम्बिनीले थोमस ड्राकालाई खेलाएको छ । सुदूरपश्चिम रोयल्सले भने अघिल्लो खेलबाट कुनै पनि परिवर्तन गरेको छैन ।
अंकतालिकामा हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अंकसहित छैटौं स्थानमा छ ।