काठमाण्डू, १० मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ सुरु गर्ने भएको छ ।
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेपछि चितवनले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा विराटनगरले विदेशी खेलाडी परिवर्तन गरेको छ ।
आज मार्टिन गप्टिलको स्थानमा राम हिजलेटलाई खेलाएको छ । चितवनले पनि एक परिवर्तन गरेको छ । बलर रिजन ढकालको स्थानमा रन्जित कुमारलाई खेलाएको छ ।