काठमाण्डू, १ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाण्डू गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाउन सफल भएको हो । जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए ।
मयन यादवले ३४ र लाहिरु समारकूनले २२ रन बनाए । अन्यले दोहोरो अंक जोड्न सकेनन् । काठमाण्डू लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करणा केसीले उकरएक विकेट लिन सफल भए ।
एनपीएलको इतिहासमा पहिलोपटक फ्लडलाइटमा खेलहरु सुरु भएका हुन् । अबको केही समयपछि काठमाण्डू गोर्खाजले फ्लडलाइटमुनि ब्याटिङ गर्नेछ ।