मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

काठमाण्डु टुडे २०८२ असोज ३० गते १३:०६ मा प्रकाशित

काठमाण्डू, ३० असोज– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन ।

मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एक सिटको नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us