विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाको दीप प्रज्वलन
काठमाण्डु टुडे
२०८२ असोज २९ गते १९:२३ मा प्रकाशित

काठमाण्डू, २९ असोज– जेनजी युवाहरूले काठमाण्डूको माइतीघरमा इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरेका छन् ।
जोशीको सम्झनामा बुधबार साँझ ५ ३० बजे काठमाण्डूको इतीघर मण्डलामा जेनजी युवाहरूले दीप प्रज्वलन गरेका हुन् । श्रद्धाञ्जली कार्यक्रममा ‘तिमी हाम्रा संझनाहरूमा सधैं बाँचिरहनेछौं’, तिमीलाई हामी सँधै सम्झिरहनेछौं, वी आर सरी, वी कुड नट ब्रिङ यू ब्याक होम,’ लेखिएको हो।