राप्रपा निर्वाचनबाट भाग्दैन: लिङ्देन

काठमाण्डु टुडे २०८२ असोज २९ गते १७:५१ मा प्रकाशित

काठमाण्डू, २९ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी चुनावबाट नभाग्ने घोषणा गरेका छन । आज (बुधबार) पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन ।

साथै, उनले अहिलेको यही प्रणालीबाट हुने निर्वाचन भने दीर्घकालिन समस्या समाधान नहुने पनि बताएका छन । अध्यक्ष लिङ्देनले भने, ‘जेनजी आन्दोलनको बीचमै हामीले भनेका थियौं, संसद्ले निकास दिन सकेन, त्यसकारण यो विघटन हुनुपर्छ भनेर माग राख्ने हामी हौं । हामीले राजीनामा समेत दियौं । संसद् विघटन भयो ।

नयाँ निर्वाचनमा नै जानुपर्छ,’ उनले भने, ‘तर, त्यसअघि यही निर्वाचन प्रणालीबाट हुने निर्वाचनले देशलाई निकास दिन सक्दैन । तर, निर्वाचन भइहाल्यो भने हामी भाग्दैनौं । निर्वाचनको तयारी गरेर जान्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us