काठमाण्डू, २९ असोज– नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ । २६ असोज दिँउसो २ बजेबाट काउन्सिलको बेवसाइट अनाधिकृत पहुँज भएको काउन्सिलले जानकारी गराएको छ ।
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले डेटा सुरक्षित रहेको र रिकभरी प्रक्रिया पूरा भइसकेको पनि बताएका छन । डा. देवका अनुसार, काउन्सिलको वेबसाइट ह्याक भएको पुष्टि भए पनि महत्वपूर्ण डेटाहरू सुरक्षित रहेका छन ।
ह्याकिङको अनुसन्धानका लागि काउन्सिलले साइबर ब्युरोसँग समन्वय गरिरहेको छ । उनले ह्याकरको पहिचान र आइपी एड्रेस ट्रेस गर्ने प्रक्रिया पनि चलिरहेको बताएका छन ।
आइटी टिमले हेर्दा ह्याकिङबाट केही फाइलहरू प्रभावित भएको पाएको छ । तर डेटा परिवर्तन वा सम्पादन नभएको दाबी गरिएको छ ।