विश्वकप छनोटः मेस्सीको दुई गोलमा अर्जेन्टिनाको सानदार जित

काठमाण्डु टुडे २०८२ भदौ २० गते १०:३२ मा प्रकाशित

काठमाण्डू, २० भदौ– अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा साविकको विश्वकप विजेता अर्जेन्टिनाले विश्वकप फुटबलको छनोटमा भेनेजुएलालाई ३–० को अन्तरले हराएको छ । (शुक्रबार) भएको खेलको ३९ औँ मिनेटमा पहिलो पटक गोल गर्दै मेस्सीले अर्जेन्टिलाई अग्रता दिलाएका थिए ।

पहिलो आफमा १–० गोलले रहेको अर्जेन्टिनाले दोस्रो हाफमा भने थप दुई गोल गर्न सफल भयो । खेलको ७६ औँ मिनेटमा मार्टिनेजले गोल गर्र्दै टिमलाई २–० को अग्रता दिलाएका थिए । त्यस पछि फेरी ८० औँ मिनेटमा कप्तान लियानल मेसीले गोल गर्दै अर्जेन्टिनालाई ३–० ले जित दिलाएका हुन । यता भेनेजुएलाले भने जवाफमा एक गोल पनि फर्काउन सकेन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us