काठमाण्डू, २६ साउन– प्रहरीले डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नियन्त्रणमा लिएको छ ।
सोही नगरपालिका–१ बस्ने ३८ वर्षीय मान बहादुर साउद समेत ५ जनालाई गए राति पक्राउ गरीउको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ३७ हजार ७ सय ८५ रुपैयाँ र २ सय ८ पत्ता तास बरामद गरेको छ ।
साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।