गोलभेँडाको भाउ बढ्यो

काठमाण्डु टुडे २०८२ साउन २६ गते १४:५१ मा प्रकाशित

काठमाण्डू, २६ साउन– नेपाली बजारमा गोलभेँडाको भाउ वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार गोलभेँडाको भाउ वृद्धि भएको जानकारी गराएको हो ।

कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो १० रुपैयाँ बढेको छ । आइतबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज ६५ रुपैयाँमा किनबेच भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । यस्तै लोकल गालभेँडाको भाउ पनि प्रतिकिलो ५ रुपैयाँले बढेको समितिले जनाएको छ ।

आज लोकल गोलभेँडा प्रतिकिलो ३० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार भने लोकल गोलभेँडा प्रतिकिलो २५ रुपैयाँमा किनबेच भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us