छुरा हानेर बुबाको हत्या आरोपमा छोरा पक्राउ

काठमाण्डु टुडे २०८२ साउन ७ गते १६:४९ मा प्रकाशित

काठमाण्डू, ७ साउन– सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा ६० वर्षीय एक वृद्धको हत्या भएको छ । बुधबार बिहान स्थानीय ६० वर्षीय सचिव अन्सारीको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

उनको हत्या आरोपमा प्रहरीले छोरा मोहम्मद रियाज अन्सारीलाई पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा जग्गा विवादका क्रममा बुधबार बिहान रियाजले बाबुमाथि छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका सचिव अन्सारीलाई तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ । बाबुको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छोरा मोहम्मद रियाज अन्सारीलाई पक्राउ गरेको छ ।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अगाडि बढाउने सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us