काठमाण्डू, ७ साउन– चितवनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन । चितवनको कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।
गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए । कालिका नगरपालिका–९ शक्तिखोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी कार्य सुरु गरेको थियो ।
प्रजाको शव सडेगलेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि उनले जानकारी दिए ।