काठमाण्डू, ७ साउन– पूर्व मन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन सुरु गरेको छ । अख्तियारले उनलाई बयानका लागि बोलाएको थियो ।
विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु भएको अख्तियार स्रोतले जानकारी दिएको छ । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संलग्न भएको घुस अडियो प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि संलग्न रहेको पुष्टि भएको थियो ।
उनले मन्त्रिपरिषद् बैठकको सूचना आदानप्रदानदेखि आफ्नो निजी सुरक्षा अधिकृत (पीएसओ) प्रयोग गरेर समेत पैसा मागेको खुलेको थियो। पूर्वमन्त्री श्रेष्ठले पोखराका ती व्यक्तिसँग फोनमा म्यासेज गरेर, ‘…जी, पशुपति पूजामा छु, क्यास चाहिएको छ । ड्राइभरलाई लिन पठाइदिँऊ ?’ भनी म्यासेज लेखेको भेटिएको थियो अख्तियार उच्च स्रोतले जानकारी दिएको छ ।