राप्रपासँग निर्वाचन आयोगले जवाफ माग्यो

काठमाण्डु टुडे २०८२ साउन ७ गते १२:४२ मा प्रकाशित

काठमाण्डू, ७ साउन– निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको विषयमा स्पष्ट पार्न पत्र लेखेको छ । लिङ्देनले अनुशासन समितिका संयोजकको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरेका थिए ।

साथै, सुवेदीलाई पद यथावत् राख्नुपर्ने माग राखेर विज्ञप्ति निकाल्ने उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पनि हटाएका थिए । अध्यक्ष लिङ्देनले प्रवक्ताबाट सगुन लावतीलाई समेत पदमुक्त गरेका थिए ।

अनुशासन समितिका संयोजकको स्थानमा अर्को व्यक्तिलाई जिम्मेवारी दिएपछि त्यस विरुद्ध २९ असारमा असन्तुष्ट पक्ष निर्वाचन आयोग पुगेको थियो ।

अध्यक्ष लिङ्देनको निर्णय बदरको माग राख्दै उनीहरू आयोग पुगेका थिए । असन्तुष्ट पक्षको निवेदनको आधारमा आयोगले राप्रपासँग जानकारी मागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us