
काठमाण्डू, २१ वैशाख-नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ चिकित्सक डा. अर्जुन कार्की नियुक्ति भएका छन् ।
विश्वविद्यालयले आइतबार विज्ञप्ति जारी गर्दै कार्कीलाई उपकुलपति नियुक्त गरिएको जानकारी दिएको हो । यस्तै पूर्वाधार विज्ञ सूर्यराज आचार्यलाई रजिस्ट्रारको जिम्मेवारी दिइएको छ ।
सिफारिस समितिको सिफारिसमा संरक्षक परिषद् ९बोर्ड अफ ट्रस्टी० ले उनीहरुलाई नियुक्त गरेको हो । कार्की र आचार्य विश्वविद्यालय स्थापना गर्दा सक्रिय भूमिकामा थिए ।