कर्णालीबाहेक ६ प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाण्डु टुडे २०८२ वैशाख २१ गते २०:५४ मा प्रकाशित

काठमाण्डू, २१ वैशाख- गृह मन्त्रालयले नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआईजी) को सरुवा गरेको छ ।

मन्त्रालयले आइतबार कर्णालीबाहेक सबै ६ प्रदेशका प्रहरी प्रमुख फेर्ने निर्णय गरेको हो ।

कोशी प्रदेशको नेतृत्व डीआईजी ईश्वर कार्कीले सम्हाल्नेछन् । मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी उमाप्रसाद चतुर्वेदीलाई दिइएको छ ।

यस्तै, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेशकुमार आचार्य, लुम्बिनीमा राजेन्द्रप्रसाद भट्ट र सुदूरपश्चिममा डम्बरबहादुर विक प्रहरी प्रमुख तोकिएका छन् ।

प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रदेश समन्वय विभागमा कार्यरत डीआईजी गोविन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा स्थानान्तरण गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us