
काठमाण्डू, २१ वैशाख- सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका छन्
।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले उनलाई १ वर्ष ६ महिना कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना तोक्ने निर्णय सुनाएको हो ।
पौडेलले केन्द्रको कार्यकारी निर्देशक रहेका बेला उपकरण खरिदको प्रक्रियामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा मुद्धा दायर गरेको थियो ।
यस्तै म्याक्स इन्टरनेशनल प्रालि र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अकबर हुसेनलाई पनि समान जरिवाना र बिगो असुल गर्ने आादेश दिइएको छ । अकबरलाई पनि १ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ।
अदालतले यी सबैलाई ५४ लाख ३४ हजार १०३ रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति शुल्कका रूपमा बुझाउनुपर्ने आदेश दिएको छ ।