दाङमा शिक्षकलाई विद्यार्थीले हाने खुँडा

काठमाण्डु टुडे २०८२ वैशाख २१ गते १३:१० मा प्रकाशित

काठमाण्डू, २१ वैशाख–दाङमा एक बोर्डिङ स्कुलका शिक्षकलाई विद्यार्थीले खुँडा हानेका छन । गत शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार भएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ ।

स्कुल नजिकै सोही स्कुलका कक्षा १२ का विद्यार्थी सुरेश सुनारले खुँडा प्रहार गरेको प्रहरीले बताएको छ । शिक्षकको बायाँ कुम र दुवै हातको पाखुरामा खुँडा प्रहार भएको प्रहरीले जनाएको छ ।

घाइते शिक्षकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुँडा प्रहार गरेको आरोपमा शनिबार राति पौने ९ बजेतिर प्रहरीले सुनारलाई पक्राउ गरेको छ । खुँडा प्रहारको कारण भने खुलिनसकेको दाङ प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us