काठमाण्डूमा भान्जाद्वारा मामाको हत्या

काठमाण्डु टुडे २०८२ वैशाख २० गते १७:३३ मा प्रकाशित

काठमाण्डू, २० वैशाख– काठमाण्डूमा भान्जाले शुक्रबार मामाको हत्या गरेका छन् ।

सिन्धुलीको फिक्कल गाउँपालिका–५ का ४५ वर्षीय सन्तोष माझीको नागार्जुन नगरपालिका–३ रातामाटेमा हत्या भएको हो ।

माझीको हत्या आरोपमा प्रहरीले भान्जा नाता पर्ने २८ वर्षीय सुरज तामाङलाई पक्राउ गरेको छ ।

सुरजले फलामको पाइप प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको स्वयम्भू प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us