१४ वर्ष मुनिका बालबालिकाका लागि निस्शुल्क क्यान्सर उपचार सेवा दिने घोषणा

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते १६:२८ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– सरकारले पाठेघरको क्यान्सर एचपीभी खोप र १४ वर्ष मुनीका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा दिने घोषणा गरेको छ ।

आज (शुक्रबार) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन । ‘हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गरी कार्यक्रम सञ्चालन गरिने छ,’ राष्ट्रपति पौडेलले भने,‘क्यान्सर तथा मृगौला प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गरिनेछ ।’ अत्याधुनिक न्यूरो साइन्स केन्द्र स्थापना गरिने घोषणा समेत उनले गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us