रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते १६:२३ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– सरकारले रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने घोषणा गरेका छन् । आज (शुक्रबार) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन ।

उनले भने, ‘रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने छ । उत्पादन र लागत घटाउन दिगो पूर्वाधार विकास गरिनेछ,’ उनले भने,‘अत्यावश्यक वस्तु तथा सेवा अभाव हुन नदिन भण्डारण क्षमता, मूल्य गुणस्तर अनुगमन मा जोड दिइने छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us