
काठमाण्डू, १९ वैशाख– सरकारले काठमाण्डूको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्कका रूपमा विकास गर्ने तयारी गरेको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन ।