
काठमाण्डू, १९ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई ‘युरो ६’ मापदण्ड लागू गर्ने बताएका छन ।
आज शुक्रबार नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । राष्ट्रपति पौडेलले भने, ‘वातावरण मूल्याङ्कन सहज बनाइनेछ ।
पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई युरो ६ मापदण्ड लागू गरिनेछ, ‘जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाइनेछ ।’