
काठमाण्डू, १९ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय राजमार्गका करिडोरलाई हरित व्यवसायमा आधारित आर्थिक मार्ग बनाउने घोषणा गरेका छन । आगामी आर्थिक वर्ष ०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताए ।
‘पुष्पलाल मध्यपहाडी, मदनभण्डारी वीपी राजमार्ग करिडोरलाई हरित व्यवसायमा आधारित आर्थिक मार्ग बनाइनेछ ,’ उनले भने । साथै कृषि आधुनिकीकरण परियोजनालाई राष्ट्रिय एकीकृत कृषि आधुनीकी करणमा कार्यन्वयन गरी अघि बढाइने राष्ट्रपति पौडेलले बताएका छन ।