
काठमाण्डू, १९ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले विगतका घोषणा गरेका पूर्वाधार आयोजनाहरुलाई प्राथमिकिरण गरिने बताएका छन । आज (शुक्रबार) संघीय संसदको सयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन ।
उनले विगतमा सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनःप्राथमिकिरण गरिने राष्ट्रपति पौडेलले बताएका हुन । उनले भने,‘ विगतमा सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनःप्राथमिकिरण गर्ने ।
आगामी आर्थिक वर्षमा सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने आयोजनाहरु निर्माणाधिन र निर्माण गर्नु पर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी आवश्यक स्रोत नभएका आयोजनाहरु स्थगन गर्ने, त्रुटिपूर्ण आयोजनाहरु खारेज गर्ने।’