गणतन्त्र आउनुमा श्रमिकको योगदान छः प्रचण्ड

काठमाण्डु टुडे २०८२ वैशाख १८ गते १३:५१ मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिकहरूको योगदानले आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको पनि बताएका छन ।

आज (बिहिबार) अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीहरूलाई शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन ।

प्रचण्डले नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गमा ऐक्यबद्धता पनि प्रकट गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले सन्देशमा भनेका छन, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षासहित मुलुकलाई अघि बढाउनु आजको कार्यभार हो ।

आर्थिक समृद्धिसहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो ।’

आठ घण्टा कार्यदिनको मागसहित आफ्ना अधिकारका निमित्त अमेरिकाको शिकागो सहरका मजदूरहरुले गरेको सङ्घर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदूरहरुले १ मईलाई अन्तरराष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us