जिफन्टले काठमाण्डूमा मनायो श्रमिक दिवस

काठमाण्डु टुडे २०८२ वैशाख १८ गते १३:२१ मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– सत्ता घटक दल एमाले निंकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आज काठमाण्डू उपत्यकामा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।

काठमाण्डू उपत्यका नगरपालिकाहरूको कमिटीहरूको उपस्थितिमा जिफन्टले मजदुरको हक–अधिकारका नारा लगाउँदै दिवस मनाएको हो । ‘महिलाको श्रमको सम्मान गर’, ‘संरचनात्मक विभेदविरुद्ध प्रतिकार, श्रमिक महिलाहरुको पहिचान, मान्यता र सुरक्षा सुनिश्चितताको अधिकार’ लगायत नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका छन् ।

हरेक वर्ष मे १ तारिखका दिन नेपालसहित विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा आजका दिन सार्वजनिक बिदा दिइएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइने गरीन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us