
काठमाण्डू, १७ वैशाख– सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्न पत्र पठाउने भएको छ । बुधबार बिहान जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्ने तयारी गरेको हो ।रेशम चौधरीलाई थुनामा पठाउन भन्दै पत्र लेख्ने सर्वोच्चका कर्मचारी महिमानसिंह विष्टलाई भने पक्राउ गरी सकिएको छ ।
बिस्टकै नामबाट प्रेषित पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा चलान गरेको थियो । यसअघि सर्वोच्च प्रशासनको बैठकमा विष्टसँग पत्र लेख्नुको आधार सोधिएको थियो । उनले आफ्नै विवेकले पत्र लेखेको जवाफ पर्काएका थिए ।