
काठमाण्डू, १७ वैशाख– सत्ता गठबन्धनको बैठक जारी भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बैठकमा सरकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
सरकारको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत हुनुअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका हुन् । सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गर्दै छन् ।
सत्ता गठबन्धनको बैठकमा शिक्षक र चिकित्सकहरूको आन्दोलन लगायतका समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने स्रोतले जानकारी दिएको छ ।