
काठमाण्डू, १७ वैशाख– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्तारुट दलको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा अनुपस्थित भएका छन । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । जहाँ सरकारका कामकारबाहीबारे छलफल भइरहेको छ ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री आरजु राणा उपस्थित रहेका छन । एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदीय ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमाल सहभागी रहेका छन ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, खानेपानीमन्त्री प्रदीय यादव, श्रममन्त्री शरदसिंह भण्डारी बैठकमा सहभागी रहेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ ।