
काठमाण्डू, ११ वैशाख– अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको एउटा कारुणिक दृश्यले प्रहरीमाथि सार्वजनिक प्रशन उठाएको छ ।
उक्त भिडियोमा एक सर्वसाधारणलाई ट्राफिक प्रहरीले सडकमा मरणासन्न हुने गरी लात्ती नै लात्तीले हिर्काएको देख्न सकिन्छ । सवारी साधनको ब्लुबुक र चालक अनुपतिपत्र जस्तो सानो आकारको काजग मान्छेसँगै भुइँमा देखिन्छ ।
सडकमा लडाएर चार जना ट्राफिक प्रहरीले एक नागरिकलाई बुटले बजारेका छन् । प्रहरीले मानिस कुटिरहेको दृश्य रोकिएका मोटरसाइकलमा चढेका अरु यात्रु हेरिरहन्छन् । झट्ट हेर्दा कुनै चलचित्रको जस्तो देखिने यो दुश्य यथार्थ हो ।
भिडिओ हेर्दा लाग्छयाृ घटना भएको —स्थान काठमाण्डू उपत्यकाकै कुनै ठाउँ हुनुपर्छ । किनकी त्यसको अघिल्तिर निरो रंकगको कीर्तिपुर यातायात लेखिएको बस देखिएको छ ।
क्यामेराको आँखामा देखिएको निष्पक्षता
भिडिओले कुनै भाष्य गर्दैन, न त तर्क गर्छ । तर जसरी एक व्यक्तिलाई लडाएर बुटले हिर्काइन्छ, त्यो दृश्य आफैँमा गम्भीर प्रश्न उठाउँछ—के कानून लागू गर्ने निकाय यसरी नै व्यवहार गर्न मिल्छरु उसले गल्ती गरे पनि, के यस्तो व्यवहार जायज छ ?
यस्तो दृश्यले प्रहरीमाथिको विश्वासमा असर पार्छ । यस्तो दृश्यले ‘प्रहरीको मुस्कान सेवा’ को खिल्ली उडाएको छ । यसले ‘मुस्कानसहितको नभई लात्तीसहितको सेवा’को झल्को दिन्छ । जनताको सेवक’ को हैसियतमा रहेका सुरक्षाकर्मी नै यति क्रूर रूपमा प्रस्तुत हुँदा, नागरिक कसरी सुरक्षित महसुस गर्ने ?
प्रहरीको प्रतिक्रिया र अनुसन्धानको बाटो
रामशाहपथस्थित काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले भिडियोबारे अनुसन्धान भइरहेको बताउँछन् । उनले उक्त भिडियो कहाँको हो र घटनामा संलग्न ट्राफिक प्रहरी को–को थिए र पीडित को हुन् भन्नेबारे सुक्ष्म अनुसन्धान भइरहेको बताए । उनले केही महिनाअघिको भिडियो अहिले सार्वजनिक भएको हुन सक्ने उनको भनाइ छ । उनले
सामाजिक सन्देश र भरोसाको संकट
यो घटना एउटा व्यक्तिगत पीडाको कथा मात्र होइन, यो हाम्रो समाजमा कानूनको अभ्यास कस्तो छ भन्ने एउटा ऐना पनि हो । प्रहरीजस्तो संस्थाले संयमता गुमाउँदा, समाजले सहनुपर्ने मूल्य गह्रौं हुन्छ—अविश्वास, डर, र आक्रोश ।
के ट्राफिक प्रहरी मात्र जिम्मेवार छन् ? के हामी नागरिकको पनि जिम्मेवारी छैन ? सडक अनुशासन पालना गर्नु, कागजपत्र साथमा राख्नु हाम्रो कर्तव्य हो । तर गल्तीलाई सुधार्ने उपाय ‘कुटपिट’ हुन सक्छ ? भिडिओ अझै सामाजिक सञ्जालमा घुमिरहेको छ। हरेक पटक त्यो दृश्य देख्दा एउटै प्रश्न उठ्छ—कसले गर्छ न्याय ? यो प्रश्न प्रहरी प्रशासनलाई मात्र होइन, समाजका सबैलाई हो ।
सुशासन र लोकतन्त्र केवल नियमहरूको संग्रह होइन, त्यो आचरण र व्यवहारको पनि प्रतिबिम्ब हो। जब कानुन पालकले नै आफ्नो हैसियतको दुरुपयोग गर्छन्, तब समाजले प्रतिकार गर्नु पर्छ—प्रश्न उठाएर, न्यायको माग गरेर ।