
काठमाण्डू, ९ वैशाख– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमै गर्ने निर्णय गरेको छ ।
बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । कक्षा १२ को परीक्षा आगामी ११ वैशाखबाट हुँदैछ ।
बोर्ड अध्यक्ष महाश्रम शर्माले निर्धारित समयमै परीक्षा सम्पन्न गरिने बताए ।
शिक्षक महासंघको आह्वानमा विद्यालय शिक्षा विधेयकको माम राखेर देशभरका शिक्षकहरु काठमाण्डू केन्द्रित आन्दोलनमा छन् । मंगलबार उनीहरुको आन्दोलन २० दिन पुगको छ ।
आफ्ना माग सम्बोधन नभएसम्म परीक्षामा सहभागी नहुने भन्दै शिक्षकहरुले परीक्षा पर सार्न भन्दै आएका छन् ।