पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन केही कुराले रोक्दैनः प्रचण्ड

काठमाण्डु टुडे २०८२ वैशाख ७ गते १६:१४ मा प्रकाशित

काठमाण्डू, ७ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै पनि कुराले नरोक्ने बताएका छन ।

आज (आइतबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा केहीले पनि उनीहरूलाई राजनीतिमा आउन नरोक्ने बताए । प्रचण्डले भने, ‘संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा कुनैले पनि रोक्दैन ।

उहाँहरू राजनीतिमा आउने इच्छा भयो भने रोक्ने कुनै पनि कुरा छैन, ‘उपरराष्ट्रपतिजी म पार्टीको सिपाहीकै रुपमा काम गर्न चाहन्छु भनिसकेपछि केही कुराले रोक्दैन । मुख्य कुरा गणतन्त्र राम्रो हुनुपर्‍यो ।’

साथै, उनले राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै जोगाएर गणतन्त्र नजोगिने बताए । उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै बचाएर गणतन्त्र बच्ने होइन । यो नामले बच्ने होइन । कामले बच्ने हो ।’

साथै, उनले अहिले नै गणतन्त्रमाथि गम्भीर खतरा आयो भनेर सोच्न जरुरी नरहेको र गणतन्त्रमाथि कुनै खतरा नरहेको बताए । ‘अहिले नै गणतन्त्रप्रति खतरा आयो भनेर सोच्न पनि जरुरी छैन । अहिलेद लहरू गणतन्त्रको रक्षाका लागि एक हुनुपर्ने नत्र खतरामा पर्छ भन्ने भाष्य ठिकै छ,’ प्रचण्डले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us