
काठमाण्डू, ७ वैशाख– शिक्षक तथा कर्मचारीहरुले कार्यालय समयमा गरेको प्रदर्शनका कारण काठमाण्डूको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । शिक्षक कर्मचारीहरुले अहिले काठमाण्डूको बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।
त्यसैले प्रहरीले माइतीघरबाट–बबरमहल–नयाँबानेश्वरतर्फ जान सवारी साधनलाई रोक लगाएको छ । मुख्य सडकबाट सवारी साधनलाई डाइभर्सन गरेपछि साँघुरा र भित्री सडकहरुमा यातायतको चाप बढेको छ ।
त्यसैले ठाउँ–ठाउँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्थ बनेको हो । नियमित रुट बदलेर यात्रा गर्दा र लामो समयसम्म जाममा पर्दा सवारी चालक तथा यात्रुहरु मर्कामा परेका छन् ।