छलफलमा जुटे ओली, देउवा र प्रचण्ड

काठमाण्डु टुडे २०८२ वैशाख ६ गते १८:४२ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल जारी छ ।

छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकाली न्यायसम्बन्धी सल्लाहका अग्नि खरेल पनि सहभागी रहेको बताइएको छ । यसअघि गत चैत ११ गते तीनै शीर्ष नेतासहित संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न पुनः समिति बनाउने सहमति जुटेको थियो ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफरिस समिति गठन पनि गरिएको थियो । समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनबहादुर कार्की र मानव अधिकारकर्मी स्टेला तामाङ र लिली थापा सदस्य रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us