सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो

काठमाण्डु टुडे २०८२ वैशाख ६ गते १८:१५ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान २०८२ प्रभावित भएको भएको बताएका छन ।

आज (शनिबार) हेटौंडा औधोगिक क्षेत्रमा आयोजित अखिल नेपाल औधोगिक मजदुर संघको नवौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्नेक्रममा शिक्षकहरुको आन्दोलनले भर्ना अभियान प्रभावित भएकोबारे चर्चा गर्दै नेता गौतमले भने, ‘शिक्षकहरुले शिक्षा ऐन माग्नुभएको छ। जुन सरकार स्वयम्को दायित्व हो । यसलाई समयमै सम्बोधन गर्ने दायित्वबाट सरकार चुकिरहेको छ । १७ औं दिनमा आईपुग्दा बल्ल प्रधानमन्त्रीको घैंटोमा घाम लागेर भेटेको जस्तो देखियो। सरकारको यो स्तरको नालायकीपनले भर्ना अभियान प्रभावित भयो ।’

हज्जारौं शिक्षकहरु दिनहॅु सडकमा आईरहनु भएको सन्दर्भलाई संसदको विशेष अधिवेशन डाकेर शिक्षा ऐन पारित गर्ने अवसरको रुपमा उपयोग गर्नुपर्ने नेता गौतमको तर्क छ । सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष बेनि तिमल्सिनाले सरकारले श्रम ऐन संशोधन गर्न तत्परता नदेखाए मजदुरहरुले संघर्षको आँधीबेहरी री ल्याउने चेतावनी समेत दिएका छन ।

त्यसैगरी संघका केन्द्रीय उपाध्यक्ष होम बहादुर खड्का, माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य सर्केश घलान, जिल्ला सचिव बीरबहादुर घलान, पार्टीका प्रदेश सदस्य बिबेक राई, संघका पूर्व अध्यक्ष बिष्णु राना, ज्ञानेन्द्र लामिछाने लगायतले औधोगिक मजदुरका चुनौती र कार्यभारको चर्चा गरेका थिए ।

सम्मेलनले शंकर विडारीको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा जयराम धिताल, गोमा न्यौपाने, धर्मदत्त कुईंकेल, सचिवमा कृष्ण भण्डारी, सह–सचिवमा रोहित गिरी, कोषाध्यक्षमा शिवराज सन्जेल, सदस्यहरुः लक्ष्मण छत्कुली, बिष्णु मुक्तान, मुकुन्द भट्टराई, हेमकान्त पौडेल, भरत कार्की, हरी पाठक, हस्तकुमारी प्रजा, राजन बर्तौला र उत्तम तिमल्सिना रहेकाछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us