धवलशमशेर छुट्ने भएपछि भद्रकालीमा राप्रपा कार्यकर्ताको भिड

काठमाण्डु टुडे २०८२ वैशाख ५ गते १७:१६ मा प्रकाशित

काठमाण्डू, ५ वैशाख– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनको क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डूको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाण्डूले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो । महामन्त्री राणा छुट्ने भएपछि अहिले भद्रकालीस्थित प्रहरी परिसरमा राप्रपा नेता कार्यकर्ताको भिड लागेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us