
काठमाण्डू, ३० चैत– प्रहरीले कपिलवस्तुबाट भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका–१ घर भएका गंगाराम थारु रहेको प्रहरीले जानकारी दिएको छ ।
थारुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए । उनको घर खानतलासी गरेर प्रहरीले लाइसेन्स नभएको भरुवा बन्दुक बरामद गरेको छ ।
५८ वर्षीय गंगाराम थारुमाथी अदालतबाट म्याद लिएर अनुसन्धान गरिने डीएसपी अधिकारीले जानकारी दिएका छन ।