राजावादी र प्रतिगामीलाई सडकमै पछार्नुपर्छः अर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०८१ चैत २८ गते १५:४६ मा प्रकाशित

काठमाण्डू, २९ चैत– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नुपर्ने बताएका छन । आज (शुक्रबार) बुटवलमा एमालेले गरेको जनजागरण सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने उनले बताएका छन ।

उपप्रधानमन्त्री पौडेलले भने, ‘दरबारिया र राजतन्त्रका मतियारलाई कहिल्यै नउठ्ने गरी सडकमा पछार्नुपर्छ, ‘प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन, राजनीतिक दलहरूले नै हो मुलुकलाई अगाडि बढाउने हो ।’

प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रतिगामी र दक्षिणपन्थीहरूले लगातार प्रहार गरिरहेको भन्दै पौडेलले उनीहरूको प्रयास सफल नहुने तर्क गरेका छन । पौडेल नयाँ दलहरूसंग पनि असन्तुष्ट सुनिएको ।

नयाँ दलहरूसँग कुनै विचार, सिद्धान्त, दृष्टिकोण र गन्तव्य नभएको आरोप लगाउँदै उनले लोकप्रियतावादी र अवसरवादी मात्रै भएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकारले ठूला पूर्वाधार निर्माणसहित विकास र समृद्धिको अभियानमा सफलता हासिल गरिरहेको बताउँदै अर्थमन्त्री पौडेलले सरकार भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न खरो रूपमा उत्रिएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us