
कामठाण्डू, २७ चैत– पूर्वमन्त्री एवं कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न अहिले अभ्यासमा रहेको संगठनात्मक पद्धति बदल्नुपर्ने बताएका छन । आज बुधबार नेपाली कांग्रेसको रुपन्देही–१ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन ।
महामन्त्री थापाले गुटबन्दी र पार्टी सदस्यले कमजोर महसुस गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने विधि प्रस्ताव गरेका हुन । उनले भने, ‘थापाले कांग्रेसका सदस्यहरूमा बेचैनी बढेको र पार्टी नै अलमलिएको अवस्था आफूले देखेको बताए । ‘पार्टीभित्र बेचैनी बढेको छ, त्यसले पार्टी अलमलिन्छ । तर नेपाली कांग्रेसलाई अलमलिने, अत्तालिने र बरालिने छुट छैन ।’
कांग्रेस बरालिंदा सिंगो देशलाई क्षति पुग्ने उनको तर्क छ । ‘कांग्रेस केही नेता कार्यकर्ता र कार्यालय मात्र नभएर संगठन, विचार, राष्ट्रिय शक्ति र राष्ट्रको केन्द्र हो । हामी बरालिंदा सिंगो देशलाई क्षति पुग्छ,’ उनले भने । महामन्त्री थापाले गुटबन्दीले पार्टीलाई ध्वस्त बनाएको उल्लेख गर्दै भने, ‘गुटबन्दी टोल, वडा हुँदै भातृ संगठनसम्म छ । पार्टी पंक्तिले ऊर्जा र उत्साह गुमाएका छन् ।
बेचैनी बढेको छ,’ उनले भने । पार्टीमा विभिन्न तहमा नेतृत्व छान्ने प्रक्रिया गलत हुँदा यस्तो भइरहेको आशंका उनले व्यक्त गरेका छन । उनले भने, ‘कांग्रेसमा ८ लाख सदस्यहरू छन्, उनीहरूले सिधै पार्टी सभापति छान्ने पो हो कि रु अहिले जस्तो सुरुमा ४ हजार ९०० महाधिवेशन प्रतिनिधि छान्ने र उनीहरूले सभापति छान्नुसट्टा क्रियाशील सदस्यले सिधै पार्टी सभापति छान्ने पो हो कि ?’
उनले नयाँ प्रस्ताव राखे । ८ लाख सदस्यहरूले सिधै पार्टी सभापति छान्दा गुटबन्दी अन्त्य हुने जिकिर गर्दै उनले भने, ‘यसो गर्यो भने कसले गुट बनाउँछ ? गुट चैट हुन्छ ।’
महामन्त्री थापाले कसैलाई दोष लगाउनुभन्दा पद्धति बदलेर समस्याको समाधान खोज्नुपर्ने तर्क गरे । ‘अहिले थोरै मान्छेले मात्रै पार्टीको नेता छान्छ । कसैलाई दोष लगाएको होइन हामीले बनाएको पद्धतिले गर्दा यस्तो भयो । त्यसैले कसैलाई दोष नदिइकन यो पद्धति बदल्न बहस गरौं,’ उनले भने ।