बार एसोसिएसनमा विजय मिश्रको प्यानलै विजय हुने लगभग पक्का

काठमाण्डु टुडे २०८१ चैत २६ गते १४:१८ मा प्रकाशित

कामठाण्डू, २७ चैत– गत शनिबार भएको नेपाल बार एसोसिएसनको जारी मतगणना अन्तिम चरणमा पुगेको छ । सोमबारदेखि सुरु भएको मतगणना कार्य बुधबार दिउसोसम्म आइपुग्दा उच्च बार पाटन र ललितपुर बारको मात्र गणना गर्न बाँकी छ ।

दुई केन्द्रको मतगाण्ना हुन बाँकी हुँदा सत्ता गठबन्धननिकट विजय मिश्रको प्यानलै जित्ने लगभग पक्का भएको छ । निर्वाचन समितिका अनुसार दुई केन्द्रको बाँकी रहँदा अध्यक्षका उम्मेदवार मिश्रले ३३८९ मत पाएका छन् भने विपक्षी गठबन्धननिकट रमन श्रेष्ठले १५४१ मत प्रप्त गरेका छन ।

करिब साढे दुई हजार मतगणना हुन बाँकी रहेको बताइएको छ । मिश्र प्यानलका सबै उम्मेदवार जित्ने गरी अग्रता बनाइरहेका छन् । कांग्रेस, एमाले र राप्रपानिकट कानुन व्यवसायी मिश्रको नेतृत्वमा चुनाव लडेका थिए भने नेकपा माओवादी केन्द्र, नेकपा एस र रास्वपानिकट कानुन व्यवसायी श्रेष्ठको नेतृत्वमा चुनावमा होमिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us