तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर कोरियाली पर्यटकको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत २५ गते १७:२० मा प्रकाशित

काठमाण्डू, २६ चैत– तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ । मनाङको ङिस्याङ गाउँपालिका–९ थोरोज खोला भन्ने स्थानमा कोरियाली पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।

आज बिहान म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिएका छन ।

पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको जानकारी पनि उनले जानकारी दिएका छन । शव सदरमुकाम ल्याएपछि परीक्षण चामेमा गर्ने वा काठमाण्डू पठाउने भन्ने निर्णय गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us