
काठमाण्डू, २६ चैत– नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको हिजो देखिबाट मतगणना जारी छ । आज बिहान सवा ११ बजेसम्मको परिणाममा कांग्रेस–एमाले गठबन्धनका अध्यक्ष उम्मेदवार डा. विजय मिश्र र महासचिवमा उनकै प्यानलका केदार प्रसाद कोइराला अग्र स्थनमा रहेका छन ।
मिश्रले ८६९ मत प्रप्त गरेका छन । पर्साबाट ६६, हेटौंडाबाट ४१ र बागलुङबाट ५५ मत प्रप्त गरेका छन । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका रमन कुमार श्रेष्ठले ५२९ मत प्रप्त गरेका छन । उनले पर्साबाट ४४, हेटौंडाबाट २६ र बागलुङबाट २५ मत पाएका छन् । श्रेष्ठको गृहजिल्ला बागलुङबाटै उनको पक्षमा कम मत प्रप्त गरेका छन ।
अध्यक्षका अन्य प्रत्यासी राजु कैनीले ६, आशिष पौडेलले ६ र उज्ज्वल घिमिरेले २ मत पाएका छन् । महासचिव पदमा मिश्र प्यानलका केदार प्रसाद कोइरालाले ८७१ मत पाएका छन् । यसैगरी श्रेष्ठ प्यानलका उम्मेदवार यज्ञमणि न्यौपानेले ४५६ मत प्रप्त गरेका छन ।